वीङ्गर र अटो ठोकिदा ३ जनाको मृत्यु , ४ जना घाईते

भाद्र १९,
कैलालीमा ठूलो सडक दुर्घटना , ३ जनाको मृत्यु , ४ जना घाईते
अत्तरिया ( कैलालीमा ठूलो सडक दुर्घटना भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नं ४ राजिपुरमा विईङ्गर र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ ।
गएराति करिब ११ बजे पूर्वपश्चिम राजमार्गमा स्थित पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको यात्रुवहाक विईङ्गर र पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ह २५१० नम्बरको अटो एक आपसमा ठोकिदाँ ३ जनाको मृत्यु भएको हो

मृत्यु हुनेमा कैलाली घोडाघोडी नगपालिका ९ बस्ने २४ वर्षिय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भिगम चौधरी र १९ वर्षिय जितेन चौधरी रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् ।
घाईते हुनेहरुमा कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने २४ वर्षिय दिपेन्द्र चौधरी, अटो चालक २२ वर्षिय सुरेश चौधरी, २० वर्षिय असान्त चौधरी र ३० वर्षिय हरी चौधरी छन् ।
उनीहरु सबैको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै विईङगर सहचालक कञ्चनपुर बेदकोट नगरपालिका १० का २५ वर्षिय धनु रावल सामान्य उपचार पछि प्रहरीले नियन्त्रण लिएको छ । गोदावरी न्यूजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *