
सावन ३२,
कैलालीको जोशीपुर गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र जोशीपुर मा पछिल्लो समय स्वास्थ्य सेवा लिने को सङ्ख्या बढ्दो छ। दैनिक रूपमा ९० देखि ११० जना बिरामीले स्वास्थ्य उपचार सेवा लिने गरेक छन्।
स्वास्थ्य सेवा लिने ७५ प्रतिशत बिमा कार्यक्रम मार्फत सेवा लिने गरेको केन्द्रले जनाएको छ।स्वास्थ्य केन्द्र मा हाल ३ जना एमबिबिएस डाक्टर, ९ जना नर्सिङ स्टाफ, ३ जना ल्याब एसिसटन्ट, १ जना डेन्टल, १ जना एक्सरे, हेल्थ एसिसटन्ट र अनमि ६ जना स्वास्थ्यकर्मी को टोली ले स्वास्थ्य सेवा दिइरहेको केन्द्र प्रमुख डा। सचिन अवस्थीले बताए। डा. अवस्थी का अनुसार स्वास्थ्य केन्द्र वाट प्रसुति सेवा, भिडियो एक्सरे सेवा, परिवार नियोजन सेवा, डेन्टल सेवा, इसिजि सेवा, गर्भपतन सेवा, मानसिक रोग सम्बन्धि परामर्श सेवा, सर्प दंश उपचार सेवा, रेबिज सेवा केन्द्र बाट प्रदान गरिएको बताए।
जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र जोशीपुर मा क्रमागत रुपमा स्वास्थ्य सेवा विस्तार गर्दै लगिने बताएका छन्। स्वास्थ्य बिमा कार्यक्रम को प्रथम सेवा विन्दु प्राथमिक स्वास्थ्य केन्द्र रहेको ले सेवा लिने को सङ्ख्या बढी रहेको बताइएको छ।