कांग्रेसको सरकार बनेपछि आमजनताको अपेक्षा बढ्यो

१५ श्रावण

काठमाण्डौ, १५ असोज । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले कांग्रेसको सरकार बनेपछि आमजनताको अपेक्षा बढेको बताइकी छिन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै शुक्रबार उनले यस्तो बताएकी हुन् ।

‘सभामुख महोदय, सम्माननीय शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आमजनताको अपेक्षा पनि बढेको छ । कोरोना महामारीका कारण लाखौँ जनताले रोजगारी गुमाएका छन्,’ संग्रौलाले भनिन्, ‘लाखौँ बालबालिकाले पढ्न पाएका छैनन् ।

सरकारले कोरोनाविरुद्ध खोप पुर्‍याउने कामलाई सर्वोच्च प्राथमिकता दिनुका साथै आर्थिक रूपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न आग्रह गर्दछु ।’ सांसद संग्रौलाले महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि माग गरिन् ।

‘कोभिडका कारण घरेलु हिंसा, महिलाविरुद्ध हिंसाका घटनाहरू बढेका छन्। प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेका छन्,’ उनले भनिन्, ‘तीमध्ये करिब १० जना भेटिन्छन् । आधाभन्दा बढीचाहिँ हराइरहेका छन्। त्यसैले नयाँ सरकारलाई महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि माग गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *