सावन ६,
जोशीपुर बजार व्यवस्थापन समितिको आयोजनामा कोरोना कहरको समयमा ज्यान गुमाएका बजारका व्यापारीहरु प्रति शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । लकडाउनको समयमा ज्यान गुमाएका ईमर्जेन्सी टेलर्सका प्रोप्राईटर श्यामलाल चौधरी, अम्बीका सुनचाँदी पसलका डम्मर सुनार, ऋतुजा कटेजका शिव प्रसाद चौधरी र श्रीकृष्ण डंगौरा ट्रेडर्सका राज कुमार चौधरी प्रति एकै साथ जोशीपुर बजारले शोक तथा श्रद्धाञ्जली अर्पण गरेको छ । मृतकको दिवांगत आत्मको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ प्रसाद चौधरीले हार्दिक समबेदना व्यक्त गर्नु भएको थियो । वहाँले यस शोक तथा श्रद्धाञ्जलीमा एक दिनको लागि बजार बन्द गर्ने पनि पनि शोक बक्तव्यमा बताउनु भयो । शोक सभामा बजारका व्यापारी तथा जोशीपुर जेसीजको पनि उपस्थिति रहेको थियो ।
