असार २१,
जोशीपुरका कृषकहरुलाई जोशीपुर गाउँपालिकाले कृषि सामग्री वितरण भएको छ । कृषि प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र कञ्चनपुरको को ५० प्रतिशत अनुदानमा कृषि पकेट क्षेत्रका किसानहरुलाई कृषि सामग्री वितरण गरिएको हो । पावर टिलर २२ एच.पि. को १५ थान, डिजल ईन्जिन ८ एच.पि.को ३ थान, सेक्सन पाईप ३ सय फिट, डेलिभरी पाईप ३ सय के.जि., स्प्रे टंकी १५ लिटर ईलेक्ट्रीक १६ थान, पानी बोटर २ एच.पि. ५ थान, त्रिपाल १० थान, जि.आई.पाईप ४ ईन्ची ८० फिट, हाईरो डेस्क १ थान, रिपर ३ थान, कल्टीभेटर १ थान, मेरबन्द २ थान रहेको कृषि सामग्री गाउँपालिकाको २० लाख बराबरको रकमबाट कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको हो ।
जोशीपुर कृषि पकेट क्षेत्रका किसानहरुलाई जोशीपुर गाउँपालिकाले प्रत्येक वर्ष अनुदानको कार्यक्रम ल्याईरहेको गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले बताउनु भयो । जोशीपुरमा ७ वटा कृषि पकेट क्षेत्र रहेको बताउदै वहाँले प्रत्येक वर्ष विउ विजन लगायत कृषि सामग्री अनुदानका लागि बजेट विनियोजित गर्दै आएको पनि वहाँले बताउनु भयो । अवका कृषकहरुलाई आधुनकिकरण तर्फ लैजानु पर्ने पनि अध्यक्ष चौधरीले बताउनु भयो । ५० प्रतिशत अनुदानमा कृषि सामग्री पाएकोमा कृषकहरु खुशी व्यक्त गरेका छन् । गा.पा. अध्यक्ष रामकृष्ण चौधरी, उपाध्यक्ष गिता कठरिया, प्रमुख प्रशासकिय अधिकृत कमलराज उपाध्याय लगायतको उपस्थितिमा कृषि सामग्री वितरण भएको हो ।



