जानकी गाउँपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम सुरु

असार १९,
कैलालीको जानकी गाउँपालिकाका ३ सय २७ घरधुरीले सुरक्षित नागरिक आवासका लागि नगद रु. ५० हजार पाउने भएका छन् ।
पराल, तृपाल तथा खरको छाना भएका घर परिवारलाई जस्तापाताको छानो मुनि ल्याउने सरकारको निति बमोजिम जनताले सो रकम पाउने भएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत सुरक्षित आवास निर्माण गरी बसोबासको व्यवस्था गर्ने सुरक्षित नागरिक आवास कार्यान्वयन कार्य विधिको लक्षित वर्ग एवम् लाभग्राहीको पहिचानका आधारमा दुई किस्तामा लाभग्राहीको बैंक खाता मार्फत रकम भुक्तानी गर्ने जानकी गाउँपालिका प्रशासन शाखा प्रमुख मेवालाल चौधरीले बताउनु भयो । ढलान तथा जस्तापाताले छाएको छाना भएको आवास धनी घरपरिवारलाई यस कार्यविधि अन्तरगत लाभग्राहीको रुपमा समाबेश नगरिने सरकारको निति रहेको पनि वहाँले बताउनु भयो ।
नेपाल सरकारको ससर्त बजेट रहेको यो कार्यक्रम निकै लोकप्रिय रहेको जानकी गाउँपालिका उपाध्यक्ष उपा महतो ले बताउनु भयो । विपन्न तथा अति विपन्न परिवार जसको घरमा खर, पराल तथा तृपालको छानो छ उनिहरुका लागि कमसे कम सरकारले जस्तापाताको व्यवस्ता गरेको छ यो हामी सवैका लागि खुशीको विषय रहको पनि वहाँले बताउनु भयो । यस वर्ष छुटेका विपन्न परिवार जसको घर खर, पराल तथा तृपालले छाएको छ तिनिहरुका लागि पनि बजेट आईसकेको पनि वहाँले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *