शिक्षक सेवा सुविधाको माग राख्दै जानकी गाउँपालिमा धर्ना

धनगढी, १८ असार ।
कैलालीको जानकी गाउँपालिकाका शिक्षकहरु अधिकार र कर्तव्यका लागि शिक्षक एकताको नारा लगाउँदैै कार्यालयमा धर्ना दिएका छन । शुक्रबार नेपाल शिक्षक महासंघ स्थानिय आन्दोलन परिचालन समिति जानकी गाउँपालिको आयोजनामा शिक्षकहरु एक घण्टा धर्ना बसेका हुन । देश भरिका स्थानिय तहमा धर्ना दिने देश व्यापी कार्यक्रम अनुसार कार्यक्रम गरेको कार्यक्रम संयोजक खगेन्द्र प्रसाद उपाध्यायले बताउनु भयो ।
शिक्षकहरुले कोरोना खोप संगै सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकहरुलाई समान सुविधा दिनु पर्ने, शिक्षकहरुलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने लगायतका माग राखेका छन् । कार्यक्रममा ने.शि.सं जिल्ला अध्यक्ष गणेश प्रसाद ओझा, यु.ए.एन.टी.ओ. प्रदेश सदस्य जन्यराज रेग्मी, ने.शि.य जिल्ला सदस्य टंक प्रसाद देवकोटा, ने.शि.सं जिल्ला सदस्य बम बहादुर क्षेत्री, निजि स्रोत शिक्षक समिति अध्यक्ष मोतीलाल चौधरी, प्रेम बहादुर वि.क., विरेन्द्र बहादुर खडका लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *