
माघ २९,
कैलालीको जोशीपुर गाउँपालिका गाउँकार्यपालिकाको जोशीपुर गाउँसभा तथा १३ औं अधिवेशन आजदेखि सुरु भएको छ । गाउँसभा तथा अधिवेशन जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको सभाध्यक्षतामा सुरु भएको हो । सभामा कार्यपालिकाको बैठकको सम्पूर्ण निर्णय अनुमोदन गरिएको छ भने जोशीपुरको एकमात्र क्याम्पस रघुनाथ आदर्श बहुमुखी क्याम्पसलाई संचालन तथा व्यवस्थापनका लागि ५ लाख ५० हजार विनियोजितको निर्णय सभाले पारित गरेको छ ।

गाउँसभाले विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी, शिक्षक, स्वास्थ्य स्वयम्सेविका र कृषकहरुलाई सम्मान गरेकोछ । सम्मान अन्तरगत कर्मचारी तर्फ जोशीपुर गाउँपालिकाका लेखापाल निर्पराज भट्टराई, वडा सचिव रुपा विष्ट, कार्यालय सहयोगी रामकृष्ण कठरियालाई सम्मान पत्र र जनही नगर रु. ५ हजारले सम्मान गरिएको छ भने शिक्षा क्षेत्र तर्फ जनप्रकाश मा.वि.मुद्धिका प्र.अ. सुरेश थारु, राष्ट्रिय मा.वि. डहरवेरियाका प्र.अ. लिलाराम ओली, वि.पि. आधारभुत विद्यालय घैलाका प्र.अ. विष्णु प्रसाद भट्टलाई पनि गाउँसभामा सम्मान पत्र र जनही नगर रु. ५ हजारले सम्मान गरिएको छ ।

त्यसैगरि अवकास भईरहेका महिला स्वास्थ्य स्वयम्सेवीकातर्फ प्राथमिक स्वास्थ्य केन्द्र जोशीपुरमा कार्यरत सुमित्रा कुश्मी, आधारभुत स्वास्थ्य इकाई झवहीमा कार्यरत चित्रा देवी चौधरी र बौनिया स्वास्थ्य चौकीमा कार्यरत रामकृष्णी डंगौरालाई जनही ३० हजार र सम्मान पत्रले सम्मान गरिएको छ। त्यसै गरि कृषक तर्फ जोशीपुर १ वडहरियाका लिलाराज चौधरी, ६ नं. वडाका लखराम चौधरी र ४ नं. खर्चुवाका रतन चौधरीलाई पनि सभाले जनही ५ हजार र सम्मान पत्रले गाउँसभाले सम्मान गरेको छ।

गाउँसभाको दोस्रो बैठक २०८१ साल फागुन २ गते विहान ९ बजे बस्ने भन्दै सभाध्यक्ष चित्र बहादुर चौधरीले गाउँसभाको पहिलो बैठक सम्पन्न गर्नु भएको छ ।

