
माघ १६,
कैलालीको जोशीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको गाउँपालिका स्तरिय गाउँकमिटि गठन भएको छ । गाउँ भेलाबाट विनोद चौधरी सभापतिमा सर्वसहमत चयन हुनु भएको छ भने उपसभापतिमा चेतराज जोशी, सचिवमा प्रदेशी चौधरी, कोषाध्यक्षमा निर्मला कठरिया, सदस्यहरुमा अभिमन्यु चौधरी, जितेन्द्र कठरिया, उमेश चौधरी, दुर्गा साउँद, शिव प्रसाद राना कठरिया, गंगा कुमारी मौनी र सानु चौधरी चयन भएका छन् ।

नरेन्द्र बमको सभाध्यक्षता तथा प्रदेश सहमहामन्त्री करिश्मा कठरियाको प्रमुख आतिथ्यतामा भएको भव्य भेलाबाट नयाँ जोशीपुर गाउँ कमिटि गठन गरिएको हो । विशिष्ट अतिथि पूर्व माननिय कृष्ण बहादुर चौधरी, कैलाली जिल्ला सभापति महेश कुमार चौधरी रहेको कार्यक्रममा नेपाली कंग्रेस, नागरिक उन्मुक्ती पार्टी, नेकपा एमालेबाट जम्मा २० जनाले पार्टी परित्याग गरि रास्वपामा पार्टी प्रवेश गरेका छन् । कार्यक्रमलाई जोशीपुर गाउँ कमिटि सचिव भिम विनाडीले सहजीकरण गरेका थिए ।


