जोशीपुरमा भयो एच.पि.भि.खोप सम्बन्धि अभिमुखिकरण

माघ १४,
कैलालीको जोशीपुरमा एच.पि.भि.खोप अभियान तथा नियमित खोपको लागि स्थानिय तह स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम भएको छ। माघ २२ देखि फाल्गनु ६ गते सम्म राष्ट्र व्यापी रुपमा संचालन हुने एच.पि.भि.खोप अभियानलाई सफल बनाउन अभिमुखिकरण गरिएको हो। जोशीपुर पालिका क्षेत्र भित्र माघ २४ गते देखि माघ ३० गते सम्म जोशीपुरको सम्पूर्ण विद्यालय तथा २४ वटै खोप केन्द्रमा खोप लगाइने छ । विशेष गरिकन कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई र विद्यालय नजाने १० वर्ष देखि १६ वर्ष सम्मका किशोरीहरुलाई यो एच.पि.भि.खोप लगाइने छ । पाठ्यघरको मुखको क्यानसरबाट बच्न हाल सम्म १ सय ४५ राष्ट्रमा ५ सय मिलियनले एच.पि.भि.खोप लगाएका छन् ।

राष्ट्रको यो अभियानलाई जोशीपुर गाउँपालिकाले सत प्रतिशत सफलपार्न स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मी, युवा सञ्जाल, जोशीपुर जेसीज, शिक्षा शाखा, ईलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुलाई अभिमुखिकरण मार्फत तालिम दिएको हो ।
जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत प्रकाश ढुंगानाले यो अभियानलाई शत प्रतिशत सफलपार्न पालिकाबाट हुन सक्ने सहयोग तथा समन्वय हुने बताउनु भयो । प्राणघाटक रोग भएकोले यसबाट छात्राहरुलाई समयमै सचेत गराउन र अनिवार्य रुपमा खोप लगाई पाठ्यघरको मुखको क्यान्सरबाट जोगिन समेत प्रमुख प्रशासकिय अधिकृत ढुंगानाले बताउनु भयो ।

त्यसै गरि जोशीपुरमा पनि भरखरै एक महिला पाठ्यघरको मुखको क्यान्सरबाट ज्यान गुमाएको जोशीपुर गा.पा. वडा सदस्य सरस्वती चौधरीले कार्यक्रममा बताईन् । महिलाहरुलाई पाठ्यघरको मुखको क्यानसर कसरी हुन्छ भन्ने पनि जानकारी नभएको कारणले गर्दा यो रोग बढ्दै गईरहेको समेत उनले भनिन् ।

कार्यक्रमका सभाध्यक्ष चित्र बहादुर चौधरीले यस अभियानलाई सफल पार्न सम्पूर्ण आमजनसमुदायको आग्रह गर्नू भएको छ ।
कार्यक्रमलाई जोशीपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नृप राज डंगौराले प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रमलाई सहजीकरण जनस्वास्थ्य निरिक्षक मनिषा झाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *