जोशीपुरमा अध्यापन अनुमति पत्र नभएका शिक्षकले स्कुल पढाउने नपाईने

कैलालीको जोशीपुरमा सामुदायिक र संस्थागत विद्यालयहरुमा अनुमति पत्र विना पढाउन नपाईने भएको छ। जोशीपुर गाउँपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुमा पढाई रहेको विना अनुमति पत्र प्राप्त शिक्षकहरुको कारवाही सहितको विवरण पेश गर्न सूचना प्रकाशित गरेको छ।

सामुदायिक र संस्थागत विद्यालयहरुमा अध्यापन अनुमति पत्र नभएका व्यक्तिहरु शिक्षकको रुपमा कार्यरत भए वा नभएको यकिन गरि पछि सम्म फरक नपर्ने गरेर स्थायी अध्यापन अनुमति पत्र नभएका व्यक्तिहरु कार्यरत देखिएमा नियमानुसार कारवाही गरि सोको स्पष्ट विवरण गाउँपालिकाको कार्यालयमा बुझाउन समेत अनुरोध गरेको छ । शिक्षा विकास तथा समन्वय ईकाई कैलालीको पाप्त पत्रको निर्देशनअनुसार जोशीपुर गा.पा.ले सवै सामुदायिक र संस्थागत विद्यालयहरुलाई अनुरोध गर्दै सूचना जारी गरेको पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *