
कक्षा ८ को बोर्ड परीक्षा सार्वजनिक भएको छ। जोशीपुर गा.पा. अन्तरगतका विद्यालयहरुबाट जम्मा ६ सय ४० जनाले कक्षा ८ को परिक्षा दिएका थिए। जोशीपुर गाउँपालिका स्तरीय सामुदायिक विद्यालय तर्फ वि.पि. स्मृति आधारभुत विद्यालय जोशीपुर ७ घैलामा अध्ययनरत विद्यार्थी प्रिया चन्द गा.पा. टपर भएकि छिन् । उनि वोर्ड परिक्षामा ४ जि.पि.ए. नतिजा ल्याई गा.पा. टपर भएकी हुन् । यस वर्ष ग्रेडेड ४ सय ७७ जना र ननग्रेडेड १ सय ६३ जना रहेका छन् भने २६ प्रतिशतले शैक्षिक क्षेति भएको जोशीपुर गा.पा. शिक्षा शाखा प्रमुख संग्राम सिंह धामीले बताउनु भएको छ। गा.पा. स्तरमा टप भई विद्यालयको गौरव वढाएकोमा विद्यालयका प्र.अ. विष्णु प्रसाद भट्ट खुशी व्यक्त गर्नु भएको छ । साथै सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा जोडदिएको पनि वहाँले बताउनु भयो ।



