
फाल्गुन ७
कैलालीको जोशीपुरमा प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसद्धारा जोशीपुरमा ¥याली प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस जोशीपुर गाउँकार्य समितिको आयोजनामा भएको कार्यक्रमका सभाध्यक्ष जोशीपुर गाउँकार्य समितिका सभापति बंशराम बडायकको सभाध्यक्षता तथा नेपाली कांग्रेस पूर्व जिल्ला उपसभापति विर बहादुर हमालको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाली जनताको हकहितका लागि कैंयौं पटकको क्रान्ती पश्चात स्थापना भएको प्रजातन्त्र दिवसको अवसरमा देशव्यापी रुपमा मनाईरहेको प्रजातन्त्र दिवस जोशीपुरमा पनि भव्यताका साथ मनाइएको प्रमुख अतिथि हमालले बताए ।

जोशीपुर बजार चौराहामा भएको कोणसभालाई सम्बोधन गर्दै पालिका स्तरमा समग्र पार्टीहरुको प्रतिनिधित्व रहने गरि भव्य कार्यक्रम गर्न सके अझै प्रभावकारी हुने उनले बताए । “सवै दलहरुको अथक प्रयास पछि प्रजातन्त्रको स्थापना गरेको छौं । बहुदलिय पद्धतीको स्थापना गरेका छौं । संघिय लोक तान्त्रिक गण तन्त्रको स्थापना गरेको छौं । यसको संरक्षणका लागि सवै दल एकजुट हुन आवश्यक रहेको छ।” उनले भने ।

जुन रुपमा नेपाली कांग्रेसले जोशीपुरको समग्र विकास गरेको थियो । अहिलेको सरकारले त्यो किसिमको विकास तथा नतिजा देखाउन नसकेको पनि उनले बताए । “शिक्षा क्षेत्र अलपत्र छ । विकास अवरुद्ध छ । यस क्षेत्रका विकासका लागि कुनै राजनितिक दलहरु सँग समन्वय नगरिकनै कार्य गरिदै छ। शिक्षा क्षेत्रको नाममा कुनै किसिमको विकास भएको छैन । यस क्षेत्रको किसानको बालबालिकाहरु पढ्ने जोशीपुरको एकमा क्याम्पस रघुनाथ आदर्श बुहुमुखि क्याम्पसलाई समाप्त गर्ने प्रयत्न भएको छ।” उनले भने । कार्यक्रमलाई ने.का.जोशीपुर गाउँकार्य समितिका सचिव विश्वनाथ प्रसाद चौधरीले शहजीकरण गरेका थिए ।
