थाकसको क्षेत्रिय अधिवेशन सम्पन्न/अध्यक्षमा लौटन चौधरी

थारु कल्याणकारिणी सभा कैलाली क्षेत्र नम्बर १ को क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ। अध्यक्ष पदमा लौटन चौधरी निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रिय अधिवेशनमा १५ जनाको कमिटी बनाइएको छ । समितिको उपसभापतिमा रमेश चौधरी, सन्तराम चौधरी र हेमन्तीदेवी चौधरी निर्वाचित भएका छन् ।
त्यसै गरि सचिवमा पंकज चौधरी, कोषाध्यक्षमा शर्मिला चौधरी र सहसचिवमा सुन्दर भगोरिया निर्वाचित भएका छन् । सदस्यहरुमा अर्चना चौधरी, टीकाराम चौधरी, सुनिल महतो, लहानी थारु, सुरेश चौधरी, विसराम चौधरी, नेतराम राउत र अनिल चौधरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *