सहकारीको १० औं वार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थीलाई नगदराशीले सम्मान

असोज ३,
साना किसान कृषि सहकारी संस्था लि. जोशीपुरको १० औं वार्षिकोत्सव सम्पन्न भएको छ। संस्थाका संस्थापक अध्यक्ष गोमा देवी आचार्यको सभाध्यक्ष्ता, जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाको प्रमुख आतिथ्यता, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. अत्तरियाका प्रमुख पदम राज रेग्मीको विशिष्ट आतिथ्यता तथा संस्थाप्रेमी, समाजसेवी, वुद्धिजिवी, सहकारीप्रेमी महिला दिदिवहिनिहरुको उपस्थितिमा भव्य रुपले वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा सभापति आचार्यले १० वर्षमा साना किसान कृषि सहकारी संस्था लि.ले गरेको कामको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहाकारीको आफ्नै भवन निर्माण, दुध डेरी स्थापना, ३० वटा भन्दा वढी बाख्रा पाल्ने व्यवसायिक किसान सदस्यलाई ३ पटक व्याड बोका वितरण, एक जना सदस्य परिवार भित्रका बुहारीलाई ईज्राईल कृषि तालिममा पठार्ईएको, दुई वटा साना किसान कृषि सहकारी संस्था लि.लाई अनुशरण गरेको, तरकारी बिउविजन वितरण, दुध विक्री गर्ने नियमित किसानलाई क्यान र घासको विउ वितरण, असल बचत कर्ता, असल ऋण कारोबार र असल तरकारी व्यवसायीलाई कदर पत्र वितरण, सिलाई कटाईलाई निरन्तर संचालन गरिएको, पशुपालक किसानको पशुहरुको विमा गरेको, सहकारी अभिमुखीकरण र वित्तिय साक्षरता तालीम सहकारीका १२ सय सदस्यहरुलाई दिएको वहाँले बतउनु भयो ।

त्यसै गरि आर्थिक प्रतिवेदन संस्थाका प्रबन्धक तृसना कुमारी भट्टले गर्नु भएको थियो । शेयर रकम १ करोड ५९ लाख ६० हजार ९ सय, जगेडा १ करोड ४७ लाख ३१ हजार ७ सय ३४ रुपैया, निक्षेप ५ करोड ७४ लाख ५८ हजार ८ सय ७८ रुपैया, ऋण २१ लख ५० हजार, तिर्नुपर्ने दायित्व १ लाख ५९ हजार ३ सय ३३, जोखीम व्यवस्था कोष ७ लाख ७० लाख १ सय ६ रुपैया, नगद १३ लाख ६६ हजार ९ सय ६६, बैकमा १ करोड ७४ लाख ६९ हजार ९ सय ६ रुपैया रहेको प्रतिवेदन वहाँले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै विशिष्ट अतिथि पदमराज रेग्मीले सहकारीले कृषकहरुलाई व्यवसायिक बनाउनमा जोड दिनुपर्ने बताउनु भयो । “देशमा लघुवित्त वित्तीय संस्था तथा सहकारीका विरुद्ध विभिन्न आन्दोलन भईरहेको अवस्थामा पनि सहकारीले उपभोगका लागि ऋण लगानी गरिरहेको छ । त्यही ऋण तिर्न नसकेर कृषकहरु सहकारी तथा लघुवित्त वित्तीय संस्थाका विरुद्धमा लाग्ने गर्दछन् । अव सोच्ने वेला आएको छ । साना कृषकहरुको क्षमता विकास गरि ठुलो कृषक बनाउन संस्थाले के गर्ने ? एउटा भैसी पाल्ने कृषकलाई १० वटा भैंसी पाल्ने कृषक कसरी बनाउने ? शेयर सदस्यहरुलाई व्यवसायिक कसरी बनाउने ? किसानको भविष्यका आवश्यकतालाई पुरा गर्न सक्ने किसिमको योजना बनाएर कार्य गर्न जरुरी छ। ऋण दिनु भन्दा पहिले शेयर सदस्यहरुलाई सहकारी तथा वित्तिय साक्षरता सम्बन्धि तालिम दिनु पर्यो, कृषकले गर्न खोजेको व्यवसाय सम्बन्धि तालिम दिनुपर्यो, प्रविधि दिनु पर्यो, परम्परागत तरिकाले गर्दै आएको कृषिबाट वैदेशिक उत्पादनसँग प्रतिष्पर्धा गर्न सकिदैन त्यसकारण नयाँ प्रविधि भित्र्याउनु पर्यो । त्यस पछिमात्र ऋण दिनु पर्यो र कृषकलाई व्यवसायिक मुखी बनाउनु पर्यो ।

कृषकहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरणका निमित्त पनि संस्थाले पहल र प्रयोस गर्नुपर्छ । यसरी कृषिमा जोड्यौं भने ऋणीहरु कहिले पनि विरोध गर्दैनन् । रोजगारको सृजना हुन्छ । उत्पादिन वस्तुको बजारीकरण हुन्छ । वहाँले भन्नु भयो । १६ सय ६२ जना शेयर सदस्य भएको संस्थाले अहिले ७ करोड ७४ लाख ऋण लगानी गरेको छ। गत आर्थिक वर्षमा शत प्रतिशत असुलीदर भएको संस्थाको रुपमा रहेको यस साना किसान कृषि सहकारी संस्था लि. जोशीपुर सुदुरपश्चिको एक मात्र सहकारी संस्था रहेको उनले जानकारी दिए । नेपाल भरिका १३ सय साना किसान सहकारी संस्था लि. मध्य उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको संस्था साना किसान कृषि सहकारी संस्था लि. जोशीपुर रहेको पनि वहाँले बताउनु भयो ।

कार्यक्रममा सहकारीको समूह नं. २८१ को सदस्य श्रीमति चित्रा विनाडीको छोरी सुनिता विनाडीले शैक्षिक सत्र २०७९÷०८० को राष्ट्रिय परिक्षा वोर्ड नेपालले सञ्चालन गरेको कक्षा १२ को परीक्षामा श्री मोहन्याल मा.वि. वड्हरिया जोशीपुरबाट सम्मिलित भई प्रशंसनीय नतिजा ३.४४ जि.पि.ए. प्राप्त गरि उत्कृष्ट हुनु भएकोमा बालिकाको हौसला तथा प्रोत्साहन स्वरुपा नगद राशी रु. ५ हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

स्थापनाकाल देखि हाल सम्म संस्थाको हकहितका लागि विभिन्न माध्यमबाट निरन्तर निस्वार्थ भावनाले सहयोग गर्दै आएका रमा बम, विश्वनाथ प्रसाद चौधरी, जीत बहादुर घर्तिमगर, हरि सिंह साउँद, तिलकराम डंगौरा, विष्णु प्रसाद गौतम र कृष्ण बहादुर के.सी.लाई कदर पत्रले सम्मान गरिएको छ । भने साना किसान कृषि सहकारी संस्था लि. बौनियाँका अध्यक्ष पूर्ण बहादुर विष्ट, मुख्य प्रबन्धक मिना पराजुली, प्रबन्धक रोज बहादुर साना किसान कृषि सहकारी संस्था लि. बौनियाँका अध्यक्ष पूर्ण बहादुर विष्ट, मुख्य प्रबन्धक मिना पराजुली, प्रबन्धक रोज बहादुर कठायत, दिगो विकास समाज भजनीका प्रबन्धक लक्ष्मी दत्त भट्ट र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. अत्तरिया कैलालीका प्रमुख पदम राज रेग्मीलाई समेत सहकारीले कदर पत्रले सम्मान गरेको थियो । त्यसैगरि संस्थाका शेयर सदस्य मध्यको जेष्ठ नागरिक ३ जनालाई जनही ३ हजार नगद राशीले सम्मान गरिएको थियो ।
त्यसै गरि कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि.द्धारा सञ्चालित “सिलाई कटाई तालिम” तालिममा प्रशिक्षित हुनु भएका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र पनि संस्थाले वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *