
श्रावन ३१,
डिजिटल प्रणालीमा मनोमानी ढंगले गीत अपलोड गर्दा सि.एस. फिल्मस् युट्युव च्यानल धरापमा परेको छ। सि.एस. फिल्म्स प्रा.लि.मा अपलोड भएका अडियो तथा भिडियोलाई मनोमानी ढंगले अवैधानिक रुपले डिजिटल प्रणालीमा अपलोड भए पछि च्यानल धराममा परेको हो । युट्युव च्यानलमा समस्या देखिए पछि सि.एस. फिल्मस् युट्युव च्यानलले सामाजिक सञ्जाल मार्फत विज्ञप्ती जारी गरेको छ। सि.एस. फिल्मस् प्रा.लि. को आधिकारीक युट्युव च्यानलमा हाल सम्म अडियो भिडियो गरि जम्मा १ सय ६४ वटा गीत सार्वजनिक भएको छ । अडिया भिडियोको भर्जन बनाई सम्बन्धित गायक, गायिका, एरेन्जर तथा लेखकहरुले डिजिटलमा दर्ता गरि अवैधानिक रुपले अपलोड गरि मनपरि कार्य गरेको देखिएको छ। जसले गर्दा युट्युवमा रहेका सम्पूर्ण भिडियोहरुको क्रेडिट त्यही डिजिटल प्रणालीमा जाने गरेको छ । साथै युट्युव च्यानलमा कपिराईटको समस्याले युट्युव च्यानल नै धरापमा परेको छ । यस सि.एस. युट्युव च्यानलमा अपलोड गरिएका गितहरु च्यानलमा अपलोड गरिनु भन्दा पहिले नै सम्पूर्ण रकम बुझिसकेका छन् । त्यसकारण गितको सम्पूर्ण अधिकार युट्युव च्यानलकै हुन्छ। तर यस च्यानलमा आधिकारीक रुपमा अपलोड गरिएको गितलाई पुनः अवैधानिक रुपले डिजिटलाईज गर्ने कार्य भइरहेकोले यस कार्य प्रति आपत्ती जनाउदै सि.एस. फिल्मस् प्रा.लि. धनगढीले सामाजिक संजाल मार्फत विज्ञप्ती जारी गरेको हो । यस युट्युव च्यानलमा अपलोड भएका गितहरु डिजिटल प्रमाणीमा अपलोड भएकोले च्यानलमा समस्या आईरहेको समेत प्रा.लि.ले जनाएको छ। यदि कुनै कारणवस च्यानललाई समस्या आयो भने त्यसको पूर्ण जिम्मेवारी पूर्णरुपले डिजिटल प्रणालीमा अपलोड गर्ने व्यक्ति अथवा कम्पनीले लिनुपर्ने पनि विज्ञप्तीमा उल्लेख छ। १५ दिन भित्र अडियो डिजिटल प्रमाणीबाट हटाउन समेत च्यानलले सम्बन्धीत सारोकारवालाहरुलाई आग्रह समेत गरेको छ। नहटाए कानुनी प्रकृयाबाट अगाडी बढ्ने समेत पत्रमा उल्लेख छ ।

हमार म्यूजिक बगिया प्रा.लि.का अध्यक्ष विर चौधरीका अनुसार अवैधानिक रुपले डिजिटल प्रणालीमा अपलोडले पुराना युट्युव च्यानल जो २० औं वर्ष देखि थारु तथा नेपाली गितहरु संरक्षण गरेर राखेको छ । साँस्कृतिक लोक गितको दस्तावेजको रुपमा रहेको ति च्यानलहरु एक्कासी समस्या परेका छन् । यस विषयमा हमार म्युजिक बगिया प्रा.लि.को पनि ध्यानाकर्षण भएको बताउनु भयो ।

त्यसै गरि म्युजिक हमार अंगना प्रा.लि.का अध्यक्ष खुशी रत्गैंयाले कपि राईटको समस्याले च्यानल भोली बन्द भयो भने थारुहरुको साँस्कृतिक दस्तावेज नष्ट हुने हुँदा यस्तो कार्य नगर्न गराउन सरोकारवालाहरुलाई अनुरोध गर्नु भएको छ। यदि च्यानल बन्द भयो दस्तावेजको रुपमा रहेका गितहरु हराए भने सारोकारवालाले नै पूर्ण रुपमा क्षेति व्यहोर्ने जिम्मालिनुपर्ने पनि उनले बताए।

त्यस्तै सुलव फिल्म्स प्रा.लि.का प्रबन्धक दया चौधरीले आधिकारिक व्यक्तिले बेचिसकेको गितलाई पुनः आफ्नो नाममा डिजिटलाईज गर्न नपाईने बताए । एक च्यानलमा अपलोड भएको गित पुनः डिजिटलाईज हुँदा पहिलेको च्यानललाई कपि राईट देखाई रहेको छ। क्रेडिट पनि पुरानो च्यानलले नपाउने देखिएकोले यस्तो किसिमको अवैधानिक कार्य रोक्न जरुरी रहेको बताउनु भयो ।
यस विषयमा गायक तथा नायक राजकुश्मी र गायक तथा एरेन्जर गणेश चौधरी संग फोन सम्पर्क गर्दा फोन उठेन ।