जोशीपुरको भितरियामा १८० घरधुरी वाढी प्रभावित

साउन २३,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ स्थित भितरिया गाउँलाई वाढीले प्रभावित बनाएको छ। गाउँको करिव १ सय ८० घरधुरीलाई वाढीले प्रभावित बनाएको हो। गए राती करिव ३ बजे तिरबाट आएको वाढीले त्यहाँका जनताहरुको घर डुवानमा पारि खाद्य बस्तु लगायत कुखुरा, हाँस बगाएर वेपत्ता पारेको स्थानिय वासि जुगराम डंगौराले बताए । एक्कासी आएको वाढीले खाद्यन्न तथा पशु चौपाया बचाउन गार्हो भएको उनले बताए । त्यसै गरि भतरिया गाउँका ३ परिवार पूर्ण रुपले विस्थापित भएको छ। स्थानियवासी मैना देवी साउँद लगायत अन्य २ घर परिवार पूर्ण रुपले विस्थापित भएको उनको भनाई छ। मैना देवी अहिले आफ्नो आफन्तको घरमा पशुचौपाया तथा खाद्यन्न सारेर बस्नु भएको छ। अति विपन्न परिवारका साउँद खान, बस्न तथा पिउने पानीको समेत अति समस्या रहेको बताउनु भयो ।

बाढि आएको थाह पाए पछि वडा अध्यक्ष रेणु कुमारी डंगौरा लगायत विपद् व्यवस्थापन समितिको टोली राहत सामाग्री सहित प्रत्येक्ष फिल्डमा पुगेका थियो । ९ घरपरिवार उच्च जोखिममा परेको जसको घरमा चुलो जलेको छैन सोहि डाटा अनुसार राहत समेत टोलीले वितरण गरेको छ। उच्च जोखिममा परेका परिवार लगायत प्रभावित परिवारलाई समेत राहत वितरण भएको छ ।
उद्धारमा जोशीपुर ईलाका प्रहरीका जवान, जोशीपुर जेसीज, युवा संजाल, जनप्रतिनिधि, भलमन्सा, पत्रकार तथा स्थानिय उद्धार टोली खटेको थियो । जोशीपुर ४ नं. वडाको बाँणी र हस्नापुर गाउँको केहि घरमा पानी पसेको र घर परिवारको अवस्था भने सामान्य रहेको वडा सदस्य संजिव चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *