
सावन १९,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. १ स्थित जोशीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १० वर्ष विति सक्यो तर अहिले उपभोक्ताहरु परिक्षणको पानी खाईरहेका छन् । समितिले टंकि निर्माण भएको ८ वर्ष पछि परिक्षणका लागि पानी छोडेको थियो । खानेपानी टंकीमा फिल्टर जडान गरिएको छैन् । बजारबासीले पानी पाईप जोडेपनि पानी मिटर भने जडान भएको छैन । परिक्षणका लागि छोडेको पानी आजसम्म उपभोक्ताहरुले खाईरहेका छन् जोकि पानी पिउन योग्य छैन । शुद्ध खाने पानी खुवाउने आश्वासन दिएको १० वर्ष वित्यो तर अझै जोशीपुरवासीले शुद्ध खाने पानी खान पाएका छैनन् ।

निरन्तर विहान करिव एक घण्टा सम्म वितरण भईरहेको परिक्षण खानेपानीको विद्युत लाईन काटीएपछि उपभोक्ताहरु छलफलका लागि जोशीपुर गाउँपालिका पुगेका थिए ।
पानी मिटर जडानका लागि भनेर उपभोक्ताहरुसँग ३ वर्ष पहिले नै पैसा उठाइएको थियो । तर मिटर जडान भएन । २ वर्ष भन्दा वढि भयो परिक्षणकाल अझै शुद्ध पिउने लायकको पानी छैन । जताततै पानीको पाईप लिकेज छ । उपभोक्ता समितिले स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा लापर्वाही गरिरहेको र यस प्रति सरकारलाई ध्यानाकर्षण गराउन पालिका पुगेको बजारबासीहरुले बताए ।

१० वर्ष विति सक्दा पनि जनताले शुद्ध खानेपानी खान पाएका छैनन् । यस विषयमा पटकपटक उपभोक्ता समिति तथा स्थानिय सरकारलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभए पछि जोशीपुर बजार बासीहरु पालिका पुगेका हुन् । “सरकारले शुद्ध खानेपानी वितरण गरोस् हामी पानीको पैसा तिर्न तयार छौं ।” भन्ने उनिहरुको भनाई रहेको छ ।
संस्थालाई निरन्तर र व्यवस्थीत रुमले संचालन गर्न थप कर्मचारी राख्नु पर्ने उपभोक्ता समितिका अध्यक्ष प्रेम चौधरीले बताउनु भयो । थप कर्मचारीका लागि समितिमा पैसा नरहेको पनि उनले भने । प्राविधिक सामाग्री छ तर आर्थिक अभावका कारण जडान गर्न नसकेको पनि अध्यक्ष चौधरीले बताए । विद्युत लाईन काटिए पछि उपभोक्तासँग पैसा उठाएर विद्युत जडान गर्ने उनले बताए । तर परिक्षणकालका लागि छोडेको पानी जहाँ मिटर पनि जडान भएको छैन उसको पैसा उपभोक्ताले कसरी तिर्छ । शुद्ध फिल्टर गरेको मिटर सहित पानी वितरण गर्नुस् हामी उपयोग गरेको पानीको विल तिर्न तयार छौं भन्ने उपभोक्ताहरुको भनाई रहेको छ ।

त्यसै गरि यतिका वर्ष सम्म उपभोक्ता समितिले गरेको कार्य सवैलाई अवगत नै छ । जोशीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले पानी खुवाउन सकेन । जन गुनासो आएको आए छ । त्यस कारण अव उपरान्त सक्नुहुन्न भने छिटो भन्दा छिटो सार्वजनिक सुनुवाई सहित हिसाव किताव बुझाउन जोशीपुर गा.पा.अध्यक्ष चित्र बहादुर चौधरीले उपभोक्ता समितिका अध्यक्ष प्रेम चौधरीलाई आग्रह गर्नु भएको छ ।