जोशीपुरमा विपद्जोखीम न्यूनिकरण सम्बन्धी छलफल

श्रावन १२,
कैलालीको जोशीपुर गाउँपालिका सभाहलमा विपद्जोखीम न्यूनिकरण सम्बन्धी छलफल भएको छ । विपद् व्यवस्थापन समिति संयोजक एवं जोशीपुर गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीको सभाध्यक्षतामा बैठक बसि मौसमजन्य विपद्को पूर्व तयारी, प्रतिकार, उद्धार तथा विपद् पश्चातको व्यवस्थापन सम्बन्धी छलफल भएको हो ।

जोशीपुर गा.पा.को ७ वटै वडालाई प्रत्येक वर्ष वाढीले प्रभावित बनाएको हुन्छ । जस मध्य वडा नं. १, ३, ४ र ५ वडामा वाढीले बढि प्रभाव पर्दछ । कुनै वडामा त जनता विस्थापित हुने अवस्था पनि आउने गर्दछ । वाढीको समयमा प्रयोग हुने लाईभच्याकेट, डोरी, ट्युव लगायत विपद् जोखीमको पूर्व तयारीका लागि आवश्यक सामग्री गरिद गर्ने, प्रभावित क्षेत्रमा पूर्व तयारीका लागि बनाईएका उद्धार समितिलाई तालिम दिने तथा प्रभावित क्षेत्रमा मौसम विभागले जारी गरेको सूचना प्रवाह गर्ने विषयमा छलफल भएको थियो । विपद्जोखिम अवस्थामा सम्बन्धित सरोकारवाला व्यक्तिलाई सम्पर्क गर्न समेत विपद्व्यवस्थापन समितिले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *