घैला पुल निर्माणाधिन अवस्थामा/विद्यार्थी अलपत्र

श्रावण ७,
कैलालीको जोशीपुर गाउँपालिका ७ नं. वडा स्थित घैला नालाको पुल समयमा निर्माण कार्य नसकिदा स्थानियलाई सास्ती भोग्नु परिरहेको छ । पुल निर्माणको कार्य पुरा नहुँदा नजिकैको रघुनाथ आदर्श बहुमुखि क्याम्पस, रघुनाथ आदर्श माध्यमिक विद्यालय लगायत अन्य विद्यालयहरुमा पढ्न जोन विद्यार्थीहरुलाई आवतजावतमा निकै सास्ती भईरहेको छ । मिति २०७९ साल असार २१ गतेको सम्झौता अनुसार मिति २०८० साल असार १५ गते सम्म यो पुल निर्माण भई सक्नु पथ्र्यो तर २०८० साल श्रावन महिनाको पहिलो साता विति सक्दा पनि निर्माणाधिन पुल सम्पन्न भएन ।

नेपाल सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय कैलाली र कुटुम्ब कन्स्ट्रक्सन प्रा.लि. विच भएको सम्झौता अनुसार कार्य नहुँदा स्थानियहरु चिन्तीत बनेका छन् । विद्यालयमा शैक्षिक सत्र सुरु भए संगै विद्यालयमा निरन्तर पढाई भईरहेको तर विद्यार्थीहरु विद्यालय जान सक्ने अवस्था भने छैन् । तैपनि ठुला विद्यार्थीहरु जोखिम मोलेर भएपनि नाला तरि विद्यालय जाने गर्दछन् । उनिहरु भन्छन् “पढाई सुरु भयो, बाटो बन्द छ, विद्यालय जान सक्ने अवस्था छैन । खोलामा पानी छ । साईकल बोकेर खोला तर्न सकिदैन ।” त्यस्तै रघुनाथ आदर्श मा.वि. घैला बौनियाको कक्षा निरन्तर सुचारु रहेको विद्यालयका प्र.अ.बसन्त कुमार महतोले बताउनु भयो । “कक्षा ११ को भर्ना कार्य जारी छ । यो समस्याका कारण विद्यार्थीहरु भर्ना भैरहेका छैनन् । पढ्न आउने विद्यार्थीहरु समेत पढ्न आई रहेका छैनन् । वहाँले भन्नु भयो ।”

त्यस्तै पुल निर्माणको कार्य निकै ढिला सुरु भएकोले समस्या आएको स्थानियबासी बताउछन् । उनिहरु भन्छन् “पुल बन्न कार्तिक महिना तिर सुरु भयो । काम पनि निरन्तर भएन त्यसकारण यो समस्या भएको हो ।” स्थानियहरु तत्काल यस विषयमा स्थानिय सरकारको ध्यानाकर्षण गराउँदै बैकल्पीक बाटो खोज्न आग्रह गरेका छन् ।

जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले उक्त नालाको अनुगमन गर्दै वैकल्पिक बाटो तत्काल तयार गर्ने बताउनु भयो । वहाँले भन्नु भयो “स्थानियबासी लगायत विद्यार्थीको समस्यालाई बुझेको छु । समस्या प्रति गम्भीर छु ।” निर्माण कम्पनीका ठेकदार सम्पर्क विहिन रहेको जोशीपुर गाउँपालिका अध्यक्ष सचिवालयबाट जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *