जोशीपुरमा अध्यक्ष कप खेलकुद सुरु

जेठ ५,
कैलालीको जोशीपुरमा अध्यक्ष कप खेलकुद सुरु भएको छ । गाउँपालिका स्तरिय खेलकुद अध्यक्ष जितराम चौधरीको सभाध्यक्षता, जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख अतिथ्यता तथा गा.पा. उपाध्यक्ष रेखा देवी कठरियाको विशिष्ट आतिथ्यतामा खेलकुद समुद्घाटन भएको हो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको खेलकुदको पहिलो खेल जोशीपुर गाउँपालिकाका कर्मचरी भरसेज जोशीपुर १ राजीपुर युवा क्लव विच फुटवल खेल भएको थियो । जसमा राजीपुर युवा क्लवले १ का विरुद्ध ७ गोल गरि विजय हासिल गरेको छ । अध्यक्ष कप खेलमा फुटवल, भलिवल, क्रिकेट र व्याडमिन्टन रहेको छ।
अध्यक्ष कप खेलकुद शौहार्दपूर्ण वातावरणमा अनुशासित भई खेल खेलिदिन सम्पूर्ण खेलाडीहरुलाई गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले आग्रह गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *