बालबालिकाको सक्रिय सहभागिता पछि मात्र गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिन्छः रामलाल चौधरी

कैलालीको जोशीपुरमा २३ वटा सामुदायिक विद्यालयहरुलाई बाल कल्याण संघ टीकापुरले शैक्षिक सामग्री वितरण गरेको छ । बालबालिकाहरुलाई विद्यालयमा सक्रिय सहभागि गराउन तथा शिक्षा सँगै अतिरिक्त कृयाकलाप तर्फ समेत विद्यार्थीहरुको रुचि बढाउन बाल कल्याण संघ टीकापुरले शैक्षिक सामग्री वितरण गरेको हो ।

“बालबालिकाको सक्रिय सहभागिता पछि मात्र गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिन्छ” भन्ने बाल कल्याण संघका परियोजना कोर्डिनेटर रामलाल चौधरीको भनाई रहेको थियो । विद्यालय जानबाट बन्चित भएका बालबालिकाहरुलाई विद्यालयमा जाने बातावरण मिलाउन आवश्यक रहेको बताउँदै वहाँले संस्थाले त्यस्तो विपन्न, गरिव परिवारका बालबालिकाका लागि बालकल्याण संघले कार्य गर्दै आएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं जोशीपुर गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत मिनराज कठरियाले बाल कल्याण संघले यस पालिकाका सामुदायिक विद्यालयका लागि गरेको कार्य प्रति उच्च सम्मान व्यक्त गर्दै यस पालिकाका लागि सरकारी तथा गैर सरकारी संस्थाको सहयोगको आवश्यकता रहेको बताउनु भयो । अवका सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा तर्फ ध्यान दिन आवश्यक रहेको पनि वहाँले बताउनु भयो ।

कार्यक्रम बाल कल्याण संघ टीकापुर व्यवस्थापन समितिका सदस्य धन बहादुर चौधरीको सभापतित्वमा भएको थियो भने द्रोपति तिमिल्सेनाले कार्यक्रमलाई सहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *