
कैलालीको जोशीपुरमा भलमन्सा, चिराकी, गुरुवा र सेडेनीहरुलाई विहिबार १ दिने तालिम दिईएको छ। थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति कैलालीको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदुरपश्चिम प्रदेश धनगढी कैलालीको सहकार्यमा तालिम सम्पन्न भएको हो । थाकसका कार्य वाहक जिल्ला सभापति माधव चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी तथा विशिष्ट अतिथि जोशीपुर गा.पा. उपाध्यक्ष रेखा देवि कठरिया रहनु भएको थियो ।

समसामयिक सांस्कृतिक व्यवस्था तथा नेतृत्व विकासको विषयमा थाकसका केन्द्रिय सदस्य एवं समाज शास्त्र विज्ञ ईन्दु चौधरीले प्रशिक्षण दिनु भएको थियो भने मानव अधिकार सम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगका हरि ज्ञवाली, ऐन कानून सम्बन्धि अधिवक्ता जोहारी लाल चौधरी र भलमन्सा, चिराकी, गुरुवा र सुडेनी सम्बन्धि थारु नागरिक समाजका संयोजक दिल बहादुर चौधरीले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा सहभागि रेहेका भलमन्सा संयोजक शक्ताराम चौधरीले भलमन्सा, चिराकी, सुडेनी र गुरुवाहरुको एकता रहेको बताउँदै वहाँले भलमन्साहरुको मात्र ऐन बनेकोमा दुख व्यक्त गरे । उनले भने “भलमन्सा, चिराकी, सुडेनी र गुरुवा सवैको ऐन बन्न आवश्यक छ”
त्यस्तै सहभागिबाट गुरुवा सुवर्ण चौधरी, सुडेनीबाट मुसुरी देवी डंगौरा र चिराकीबाट चक्र देवी चौधरीले समेत एक्यवद्धता जनाउँदै ऐन बनाउनु पर्नेमा जोड दिएका थिए ।

देशराज चौधरीले सहजीकरण गरेको कार्यक्रममा सभापति माधव चौधरीले अझै पनि भलमन्सा, चिराकी, गुरुवा, चौकिदारहरुलाई कानूनी व्यवस्था सम्बन्धि सचेतना मूलक तालिम दिन आवश्यक रहेको बताउनु भयो । स्थानिय स्तरमा नेतृत्व गर्ने यिनिहरुको न्यायीक कार्य सम्पादनमा चुनौती रहेको बताउदै वहाँले यस्ता किसिमका तालिमहरु पालिका स्तरबाटै दिन आवश्यक रहेको बताउनु भयो ।

