
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुगरखालबाट भजनी नगरपालिका ९ कुणीतर्फ आईरहेको सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना भएको हो।
अनियंत्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा मृत्यु भजनी ९ की चाहाना चौधरी र दिल रानी चौधरी रहेका छन्। उनीहरुको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
वर्दगोरीया अस्पतालमा उपचाररत घाईतेहरु
भजनी ९ बस्ने दोहती डगौरा
पेपी डगौरा
ज्योती चौधरी
मगुली चौधरी
मेदी डगौरा
मधु चौधरी
रुपा चौधरी
हिमान्सु चौधरी
अनिता चौधरी
रिदम चौधरी
आरोही चौधरी
तुन्नि चौधरी
ओली चरण चौधरी
रिवस चौधरी
घोडाघोडी अस्पताल सुखडमा उपचाररत घाईतेहरु
भजनी ९ बस्ने रोहन चौधरी
कृष्णी देवी डगौरा
रत्ना चौधरी
आशा देवी डगौरा
सग्रामी चौधरी
बिपिन चौधरी
फुलराम चौधरी
सन्तोष चौधरी
हिरा चौधरी
रिता चौधरी
क्षितिज चौधरी
अमन चौधरी
रिया चौधरी
बिरेन्द्र चौधरी
सानु चौधरी
अपेक्षा चौधरी
राकेश चौधरी
सबिन चौधरी
यस्तै प्रहरीले अहिले घटनास्थलबाट ट्याक्टर नियन्त्रणमा लिएको र ट्याक्टर चालकको खोजतलास भैरहेको जनाएको छ।