
फागुन १,
हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियानको पालिका स्तरीय बहुनिकाय अन्तरकृया तथा योजना तर्जुमा गोष्ठी कैलालीको जोशीपुरमा भएको छ। जोशीपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य कर्मी, जनप्रतिनिधि, शिक्षक, समाजसेवी वुद्धिजिवी, कर्मचारीहरुको उपस्थितिमा गोष्ठी सम्पन्न भएको हो ।

डव्लु. एच. ओ.को सन २०३० सालमा हात्तिपाईले रोग निर्मूल पार्ने दिगो विकासको लक्ष्यलाई सफल बनाउन गरिएको पालिका स्तरिय अन्तरकृयाबाट फागुन ११ गते देखि फागुन २५ गते सम्म यो अभियान सञ्चालन हुने जनाइएको छ। ११ गते देखि सञ्चालन हुने अभियान जोशीपुरको प्रत्येक वडाको ८÷८ वटा ठाउँमा औषधि खुवाउने कार्य गरिने छ। १२ गते देखि घरदैलो गरिने छ। अभियानलाई प्रभावकारी कसरी बनाउने र कैलाली जिल्लामा औषधि खानेको संख्या ८० प्रतिशत पु¥याउने लक्ष्यलाई कसरी सहज र सरल बनाउने भन्ने विषयमा विशेष अन्तरकृया भएको थियो ।

गत वर्ष जोशीपुरमा औषधि खाने ६८.३८ प्रतिशत रहेका थिए भने यस वर्ष ८० प्रतिशत पुगाउने लक्ष्य जोशीपुर गाउँपालिकाको रहेको गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो । वहाँले स्वास्थ्यको विषय गम्भीर विषय रहेकोले यो अभियानलाई सफल बनाउन सके सम्म कोहि नछुट्ने गरि औषधि खुवाउने गरि स्वास्थ्य कर्मी खटाउने पनि वहाँले बताउनु भयो ।

अन्तरकृयामा जनस्वास्थ्य निरिक्षक जोशीपुरबाट नृप राज डंगौरा र प्रेमा खनाल प्रशिक्षकको रुपमा रहनु भएको थियो भने जिल्लाबाट मिन बहादुर धामी रहनु भएको थियो ।
ऋगभिह जातको लामखुट्टेबाट सर्ने हात्तिपाईले रोगको लक्षण देखिदैन पछि गएर अंग सुनिने गर्दछ। कोहिमा अण्डकोष, कोहिमा खुट्टा, केहिमा हात, कोहिमा स्तन र कोहिमा अन्य अंग सुनिने गर्दछ। औषधि खाए पछि कसैकसैलाई सामान्य ज्वरो, रिङ्गटा लाग्ने, वाक्वाकी लाग्ने, बान्ता आउने, पेट दुख्ने देखिन सक्ने प्रशिक्षकहरुको भनाई रहेको थियो भने यसबाट डराउने पर्ने भने कुनै कारण नरहेको पनि उनिहरुले बताए । साथै २ वर्ष मुनिका बालबालिका, ७० वर्ष भन्दा माथिका वृद्धा, गर्भवती महिला, ७ दिन सम्मको सत्केरी र सिकिस्त विरामीहरुले भने यो हात्तिपाईले रोगको औषधि खान नहुने पनि वहाँहरुले बताउनु भयो ।

प्रतिअसरको डर, अभियानमा अनुपस्थिति, जोखिम नै छैन भन्ने धारणा तथा डाक्टर र विज्ञ र समाजका अगुवाहरुबाट हुने गलत प्रचार प्रसारबाट मानिसहरु यो रोगको औषधि खानबाट बन्चित हुने गर्दछन् । त्यसकारण अभियानलाई सफल बनाउने तथा स्वास्थ्य जस्तो विषयमा लापर्वाही नगरि सवैले औषधि खान आवश्यक रहेको समेत प्रशिक्षकहरुको भनाई रहेको थियो ।