
जोशीपुर/ माघ १९,
कैलालीको जोशीपुरमा होटेल व्यवसायिलाई दक्ष बनाउन व्यवस्थापन तालिम दिइएको छ। जोशीपुर गाउँपालिका तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन रवि भवन काडमाण्डौंको संयुक्त आयोजनामा यस क्षेत्रका होटल व्यवसायिहरुलाई साना होटल तथा लज व्यवस्थापन तालिम दिइएको हो । माघ १० गते देखि १९ गते सम्म व्यवसायिहरुलाई तालिम दिइएको हो ।
समापन समारोहका सभाध्यक्ष एवं जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले जोशीपुर गाउँपालिकामा केहि नयाँ गर्नु पर्छ भन्दै यस क्षेत्रको होटल व्यवसायिहरुलाई दक्ष तथा सक्षम बनाउन यो तालिम दिएको बताउनु भयो ।

त्यस्तै यस क्षेत्रका शिक्षित विद्यार्थीहरुका लागि निशुल्क लोक सेवा आयोग तयारी कक्षा समेत संचालित रहेको पनि बताउनु भयो । तालिम पश्चात होटल व्यवसायिहरुको गुणस्तरमा वृद्धि हुनुपर्छ । व्यवसायमा लगनशील भै कार्य गरि व्यवसायी आर्थिक रुपले वलियो हुनुपर्छ । सिकेका कुराहरु व्यवहारिक हुन आवश्यक छ पनि वहाँले भन्नु भयो ।

त्यसै गरि गा.पा. उपाध्यक्ष रेखा देवी कठरियाले सिकेका सिपलाई व्यवहार तथा व्यवसायमा परिणत गरि स्वरोजगार बन्न आवश्यक रहेको बताउनु भयो ।
प्रशिक्षार्थीहरुलाई १० दिनको तालिममा कम्तिमा ५० परिकार सिकाउने लक्ष्य थियो तर ७० परिकार सिकाउन पाएकोमा प्रशिक्षक नाथम उप विभागिय प्रमुख सत्य नारायण शाहले खुशी व्यक्त गर्नु भयो । अनुशासित भई छोटो समयमा धेरै परिकार सिक्ने प्रशिक्षार्थीहरुलाई वहाँले बधाई दिदै होटल व्यवसायमा व्यवस्थापन पक्ष सवै भन्दा महत्वपूर्ण रहेको बताउनु भयो । नाथमका वरिष्ठ अधिकृत उमेश चन्द्र सुवेदी, सतिश मिश्र, रामहरी श्रेष्ठ पनि प्रशिक्षकको भुमिकामा रहनु भएको थियो । समापन कार्यक्रममा सवै प्रशिक्षर्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।