
अध्यादेश पारित नभए तीन चरणको आन्दोलन गर्ने कैलाली क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य माननिय गंगाराम चौधरीले बताउनु भएको छ। “रेशम चौधरीको रिहाईका लागि पहल भैरहेको छ । अध्यादेशको सिफारिस राष्ट्रपति कहाँ गैसकेको छ । अध्यादेश पारित भए चाँदै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहाई हुनुहुन्छ ।” वहाँले भन्नु भयो । कैलालीको जोशीपुर गाउँपालिका ४ बाँणी स्थित कुट्नी बुर्हीया महाशक्तिपिठ स्थानमा मंगलबार लवाङ्गी पुजाको समुदघाटन समारोहलाई सम्बोधन गर्दै वहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

विशिष्ट अतिथि रहनु भएका माननिय गंगा राम चौधरीले लवाङ्गी पुजाको महत्व वारे पनि प्रकाश पार्नु भयो । पुजामा लावा गुरुवा निकाल्नुका साथै ठाउँलाई शुद्धिकरणका लागि पनि यो पुजाको महत्व छ । धानवाली तथा अन्य अन्नवाली सुधार्न र सपार्ने, किराकाँटी रोगव्यथा लाग्न नदिन, जिव जनावरहरुबाट हानी नोक्सानी हुनबाट जोगिन, गाउँसमाजमा सदभाव तथा शान्ती अमन्चयन राख्न र मानव जातिमा धार्मिक विश्वास वढाउन पनि यो पुजाको धार्मिक महत्व रहेको बताउनु भयो ।

थारु परम्परा अन्तरगत भरमन्सा, अगरिया, बैडावा, चिराकी, गुरुवा, सेडेनीहरुको थारु समाजमा महत्वपूण भुमिका रहेको हुन्छ। गुरुवा बैडावालाई डाक्टर र सुडेनीलाई नर्स भन्दा फरक नपर्ने पनि वहाले बताउनु भयो। यि विषयमा सरकारसमक्ष बैधानिकताका लागि पलह गर्ने पनि वहाँले बताउनु भयो । कार्यक्रमका सभाध्यक्ष गुरुवा शंकर कठरिया रहनु भएको थियो भने प्रमुख अतिथि माननिय रञ्जिता श्रेष्ठ चौधरी रहनु भएको थियो ।