कुट्नी बुर्हीया लवाङ्गी पुजा जोशीपुरमा सुरु

कैलालीको जोशीपुर गाउँपालिका ४ बाँणी स्थित कुट्नी बुर्हीया महाशक्तिपिठ स्थानमा मंगलबार देखी लवाङ्गी पुजा सुरु भएको छ । थारुहरुको धुरहीया पुजा, हरेरी पुजा र लवाङ्गी पुजा गरि ३ वटा ठुलो पुजा मध्य एक लवाङ्गी पुजा पनि हो । थारु समुदायमा बर्खा छेंक, घाम छेंक र जार छेंक गरि तीन छेंकमा ३ वटा ठुला पुजा हुने गर्दछन् । यि ३ पुजा ले समुदायमा सुख, शान्ति, समृद्धी तथा अन्नवालीलाई किराफट्याङ्ग्रा देखि बचाउने मद्दत गर्ने जन विश्वास रहेको छ । कुट्नी माताको पुजाले गाउँघर परिवारमा सुख, शान्ती र समृद्धि हुने पनि जनविश्वास रहदै आएको छ। यस वर्ष देखि कुट्नी बुर्हीया महाशक्तिपिठ स्थानमा लवाङ्गी पुजा हुने भएको छ।
थारु गुरुवाबैडावा सोरहीनिया समाज र वाँणी गाउँसमाजको आयोजनामा भईरहेको कुट्नी बुर्हीया लवाङ्गी पुजा ३ दिन सम्म हुने छ ।

कैलाली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माननिय रञ्जीता श्रेष्ठ चौधरीको प्रमुख अतिथ्यता तथा कैलाली क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य माननिय गंगाराम चौधरी, कैलाली क्षेत्र नं. २ प्रदेश ख का प्रदेश सभा सदस्य माननिय रामेश्वर चौधरी को विशेष आतिथ्यता तथा गुरुवा शंकर कठरियाको सभापतित्वमा पहिलो दिनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । दोस्रो दिन दिउसो साँस्कृतिक कार्यक्र र साँझ नयाँ गुरुवा उत्पादन तथा पुराना गुरुवाहरुको पुजनका लागि ढाक बनाउने कार्यक्रम रहेको छ भने तेस्रो दिन देवी देवतालाई वली दिई पुजा आजागरि समापन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठ चौधरीले आफ्नो सस्कृति, पहिचान बचाउन तथा जोगाउन कुट्नी बुर्हीया लवाङ्गी पुजाको समुद्घाटन गर्न पाउँदा हर्षित भएकी बताईन। उनले भनिन् चुनाव पछि पहिलो कार्यक्रममा आएकी छु र उपस्थित सवै महानुभावहरुले आफ्नो बहुमुल्य भोट दिई अत्यधिक मतले विजय गराएकोमा हुदय देखि धन्यवाद व्यक्त गर्दछु । प्रकृतिका पुजारी थारु समाजको यो पुजामा माटोको घोडा देख्दा आफु थारुको बुहारी बनेर आएको दिन पातामा देखेको घोडाको स्मरण भएको जनाईन। संस्कृति संरक्षण प्रवद्धनका लागि आफुबाट हुनसक्ने कार्य गर्ने प्रतिवद्धता जनाउदै सवैको जिज्ञासा रेशम चौधरी रिहाई हुनेको हल्लाले सवैलाई खुशी बनाएको छ। तर सरकारले जारी गरेको अध्यादेश राष्ट्रपतिको हातमा पुगिसकेको छ वहाँले पास गरे चाँदै रेशम जीको रिहाई हुने पनि वहाँले बताउनु भयो । गुरुवा, बैदावा, सोर्हिनीया हुक्रनके माग मुद्धा बैधानिक नभएकोले अव आफुले यस विषयलाई बैधानिकता दिन पहल गर्ने पनि बताउनु भयो ।

त्यस्तै विशिष्ट अतिथि माननिय गंगा राम चौधरीले लवाङ्गी पुजाको महत्व वार प्रकाश पार्नु भयो । पुजामा लावा गुरुवा निकाल्नुका साथै ठाउँलाई शुद्धिकरणका लागि पनि यो पुजाको महत्व छ । धानवाली तथा अन्य अन्नवाली सुधार्न र सपार्ने, किराकाँटी रोगव्यथा लाग्न नदिन, जिव जनावरहरुबाट हानी नोक्सानी हुनबाट जोगिन, गाउँसमाजमा सदभाव तथा शान्ती अमन्चयन राख्न र मानव जातिमा धार्मिक विश्वास वढाउन पनि यो पुजाको धार्मिक महत्व रहेको बताउनु भयो ।

थारु परम्परा अन्तरगत भरमन्सा, अगरिया, बैडावा, चिराकी, गुरुवा, सेडेनीहरुको थारु समाजमा महत्वपूण भुमिका रहेको हुन्छ। गुरुवा बैडावालाई डाक्टर र सुडेनीलाई नर्स भन्दा फरक नपर्ने पनि वहाले बताउनु भयो। यि विषयमा सरकारसमक्ष बैधानिकताका लागि पलह गर्ने पनि वहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *