
भाद्र १४,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. २ स्थित बरगदहीमा १३ औं जिल्ला स्तरिय फुटवल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा वि.वाई.सि. जोशीपुर ७ बौनिया र डायमण्ड खेलकुद युवा क्लव जोशीपुर २ बरगदही विच फाईनल खेल भएको थियो ।

वि.वाई.सि. बौनियाले ० का विरुद्ध १ गोलले अग्रता हासिल गरि विजय प्राप्त गरेको छ। जिल्ला स्तरिय फुटवल प्रतियोगितामा जिल्ला भरिबाट २८ टिमको सहभागिता रहेको थियो । भाद्र ४ गते देखि सुरु भएको फुटवल खेल आज सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। समापन खेल रमेश डंगौराको सभापतित्व तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यता र गा.पा. उपाध्यक्ष रेखा देवि कठरियाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्षहरु, वडा सदस्यहरु, गाउँका बुद्धिजिवी, समाजसेवि, शिक्षाप्रेमी, खेलकुद प्रेमी लगायतको उपस्थिति रहको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले जिल्लामा दर्ता भएका खेलकुद समिति गा.पा.मा समेत सूचिकृत गर्न आवश्यक रहेको बताउनु भयो । वहाँले यस वर्ष खेल मैदान मर्मतका लागि बजेट विनियोजित गरेको पनि बताउनु भयो । अव यस्ता जिल्ला स्तरिय खेलकुदमा महिलाको सहभागित गराउन समेत आयोजकलाई सुझाव दिने बताउदै पालिकाबाट हुन सक्ने सहयोग गर्ने पनि वहाँले जानकारी दिनुभयो । त्यस्तै पालिका स्तरका खेलाडीहरुलाई छनौट गरि जिल्ला, प्रदेश तथा संघ सम्म लैजानु पर्ने बक्ताहरुको भनाई रहेको थियो ।
