
भाद्र ११,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ स्थित बन्जरीयामा रहेको काँन्जी हाउस गए राती अज्ञात समूहले तोडफोड गरेको छ । छाडा चौपायाको समस्यालाई समाधान गर्न स्थानिय सरकारले बनाएको काँन्जी हाउसमा करिव ३ सय भन्दा वढि पशु चौपायहरु रहने गर्छन् । यस वर्ष छाडा चौपायाको संख्या बढे पछि स्थानिय सरकारले नयाँ व्यवस्थापन समिति गठन गरि थप क्षेत्रफलमा तारवार गरेको छ ।

शुक्रबार काँन्जी हाउसको करिव ११ बजे भन्दा रातीको समयमा तारवार र पिलरहरु तोडफोड गरिएको व्यवस्थापन समितिले जनाएको छ । यस्ता घटना पहिले पनि अज्ञात समूहले गर्दै आएको पूर्व व्यवस्थापन समिति र स्थानिय बासीहरु बताउँछन् । प्रत्येक दिन १० बजे राती सम्म व्यवस्थापन समितिले निगरानी गर्दै आए पनि त्यस भन्दा पछाडी यस्तो घटना भएको काँन्जी हाउस व्यवस्थापन समिति अध्यक्ष कपुर सिंह साउद ले बताए ।

यस्ता अमानविय कृयाकलापले स्थानियबासीहरुको धानबाली लगायत करेसावारी समेतमा नोक्सानी गर्ने हुने भएकोले स्थानियवासीहरुले स्थानिय सरकार तथा काँन्जी व्यवस्थापन समितिलाई कडा निगरानी गर्न अनुरोध गरेका छन् । नयाँ बनाएको स्रिमेन्टको पोल र काँडे तार टिकाउ नरहेकोले फलामको पोल र जाली लगाएर निर्घकालिन गोठ बनाउन तर्फ सरकारले ध्यानदिन आवश्यक रहेको स्थानियवासीहरुले बताए । गोठ व्यवस्थापन, खाने चारा, मरेका पशु चौपायालाई उचित व्यवस्थापनमा समेत सरकारले ध्यान पु¥याउनुपर्छ भन्ने पनि स्थानिय बुद्धिजिवी, समाजसेवी, शिक्षाप्रेमीहरुको भनाई रहेको छ ।

विहान स्थानिय सरकार, प्रहरी प्रशासन लगायतको संयुक्त टोलीको अनुगमनमा देखिएका समस्यालाई छिटै समाधान गर्ने तथा अमानविय कृयाकलाप गर्ने व्यक्तिहरुलाई खोज अनुसन्धान गरि कानुनी डायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्ने समेत स्थानिय सरकारले जनाएको छ ।
