
कार्तिक २,
अनुदानलाई आधार बनाएर व्यापार गरेको भने पछि जोशीपुरमा खैलाबैला मच्चिएको छ। कृषि सहकारी, गल्ला तथा मलखाद व्यवसायीहरुले अनुदानमा मलखाद ल्याउने तर आफ्नो शेयर सदस्य, गल्ला दिने आफ्नो कृषकलाई प्राथमिकतामा राखेर मलखाद वितरण गर्ने, किसानलाई जवरजस्ती एक बोरा युरियामा एक पोका जिंक थमाउने, एक बोरा डिएपि किन्दा पोटास र सुपर थमाउने जस्ता कृयाकलाप भईरहेको चौतर्फी गुनासो आए पछि जोशीपुर गाउँपालिकाले गल्ला व्यापारी, खादमल व्यवसायी, सहकारी र सचेत युवा कृषकहरुलाई बोलाई छलफल गरेको छ ।

छलफलमा खादमलको विक्रि मुल्यमा एक रुपता नभएको, व्यापारीहरुले खादमल छदाछदै पनि कृषकहरुलाई मल नदिएको, सहकारीहरुले एक ठाउँको स्वीकृति लिने तर अर्को ठाउँमा गई सहकारी संचालन गर्ने गरेको, कृषकका लागि अनुदानको खादमल ल्याउन पनि पालिकामा सहकारी तथा खादमल व्यवसायी नविकरणको ५ हजार र प्रत्यके पटक सिफारिसको १ सय पचास रुपैया सिफारिस शुल्क लिएको छलफलको मुख्य विषयको रुपमा रहेको थियो ।

यस्ता किसिमका कृयाकलापले किसानहरु चौतर्फी चपेतामा परको भन्दै यस्ता कृयाकलापहरु यथासिघ्र रोकथाम गर्नु पर्ने सचेत यूवा कृषकहरुको भनाई रहेको थियो । अनुदानलाई आधार बनाएर सहकारी तथा व्यापारी वर्गहरुले किसानहरुलाई चपेतामा पारेको र यस्ता कार्य गर्ने जोकोहिलाई पनि सरकारले नियमन गर्नका लागि कडा रुपमा अनुगमन गर्ने कार्यन्वयन गर्न समेत सचेत युवा कृषकहरुले सरकारलाई लवाब दिएका छन् ।