जोशीपुरमा आदिवासी खाना र जलवायु अनुकुल कृषि वारे अन्तरकृया

कार्तिक १,
कैलालीको जोशीपुरमा शनिवार आदिवासी खाना र जलवायु अनुकुल कृषि कार्यक्रम भएको छ। वर्ड फुड फोरम नेपालको आयोजना तथा जोशीपुर जेसीजको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । अन्तरकृयात्मक कार्यक्रममा रैथाने खाना, उत्पादन र जलवायु अनुकुलताको वारेमा छलफल गरिएको थियो ।

रैथाने बालीहरू जलवायु अनुकूल कृषिको महत्वपूर्ण आधार हुन्। ती बालीहरू स्थानीय वातावरण, माटो र मौसम अनुसार विकसित भएकाले कम पानी, मल र विषादीमा पनि राम्रो उत्पादन दिन सक्षम हुन्छन्। उदाहरणका रूपमा कोदो, फापर, गहत, भटमास, कठरी, र जुनेलो जस्ता बालीहरू छन्। यस्ता बालीहरूले माटोको उर्वरता जोगाउँछन्, जैविक विविधता बढाउँछन् र किसानलाई आत्मनिर्भर बनाउँछन्।

जलवायु परिवर्तनका चुनौतीबीच रैथाने बालीको संरक्षण र प्रवद्र्धनले खाद्य सुरक्षामा योगदान पु¥याउँछ र दिगो कृषिको आधार तयार गर्छ। जोशीपुर जेसीज वर्ष २०२५ का अध्यक्ष भुमिसागर सुनारको सभाध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक स्रोत व्यवस्थापन कलेज टिकापुरका सह–प्राध्यापक मिलन घिमिरे, स्कुल अफ एग्रिकल्चर टीकापुर सह–प्राध्यापक डा. भुवन राज भट्टले प्रशिक्षण दिनु भएको थियो भने वर्ड फुड फोरम नेपाल फोकल पोईन्ट अभिमन्यु चौधरीले सहजीकरणमा रहेको थिए । कार्यक्रममा ढिक्रि, घोङ्घी, अन्ढीक भात, सिध्रा, कचरिक बरिया, खुर्माको नास्ता गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *