हसुलियामा सिएस म्युजिक भिडियो अवार्ड हुने, तयारी पुरा

धनगढी, २८ चैत । कैलारी गाँउपालिका–१, हसुलियामा हुने सिएस वेष्ट म्युजिक भिडियो अवार्ड २०७६ को तयारी पूरा भएको छ ।
भोलि चैत्र २८ गते हुने म्युजिक भिडियो अवार्डको पूरा तयारी भएको प्रालिका सञ्चालक सतिश सिन्हाले बताएका छन् ।
२०७६ सालमा प्रालिबाट रिलिज भएका थारु गित मात्र अवार्डमा समावेश गरिएको जनाएको छ । ‘बहुभाषा, बहुसंस्कृति हाम्रो पहिचान, यसको संरक्षण गर्नु हाम्रो साझा अभियान’ नारा रहित हुने अवार्ड कार्यक्रममा वेष्ट मेलोडी, वेष्ट कल्चर, वेष्ट डान्सीड्ड म्युजिक भिडियो गरि ३ विधामा अवार्ड गरिने जनाएको छ । त्यस्तै मोडेल, गायक र निर्देशक गरि १५ जनालाई पनि अवार्ड गरिने जनाईएको छ ।
पुुराना अग्रज कलाकारहरुको सम्मान, नयाँ कलाकारहरुलाई हौसला, थारु भाषा संस्कृति संरक्षण प्रवद्र्धन, थारु फिल्म जगतलाई गुणस्तर प्रदान गर्ने उद्देश्य सहित प्रालि स्थापना भएको हो ।
कैलारी गाउँपालिकाको मुुख्य प्रबद्र्धक तथा आर.डी कम्प्लेक्स धनगढीको मुुख्य प्रायोजनमा कार्यक्रम हुने भएको छ । कार्यक्रममा फिल्म जगतमा योगदान दिने सम्पूर्ण कलाकारहरुलाई कार्यक्रममा सहभागिता जनाइ दिन कार्यक्रमका मुख्य संयोजक तथा थारु फिल्म निर्देशक चन्द्र चौधरी (चाँद) ले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *